सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 05:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

  सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको बालुवाटार- ४, स्थित  महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई हालै स्कुल व्याग वितरण गरेको छ । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कूल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको  हो । 

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति थियो । 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर  पालना  गर्दै आएको कम्पनीले बताएको छ । कम्पनीका मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम सेवा सञ्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved