मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई वितरण गर्‍यो स्टेशनरी सामान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 11:48:56 AM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।

कम्पनीले धादिङ जिल्लास्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा अध्ययनरत १८२ जना विद्यार्थीहरुलाई आवश्यक पर्ने  स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन आदि ) हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पधाधिकारीहरुको उपस्थिति थियो । यस खालको सहयोगबाट कम्पनीले विद्यार्थीहरुमा शिक्षाप्रति थप ऊर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

कम्पनीले समय -समयमा शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको बताएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved