
सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बीच आइतबार सम्झौता पत्रमा विभिन्न सेवामा छूट दिने सम्झौता भएको छ ।
सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फरमेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रूपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अपोलो हस्पिटलले कम्पनीका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छूट प्रदान गर्नेछ ।
साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलुरु, मुम्बई, न्यू दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरुमा समेत विभिन्न उपचार सेवा उपलब्ध छन् ।