रक्तदान लगायतका कार्यक्रम गरि महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 09:03:50 AM मा प्रकाशित

महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरि ३० औं वार्षिकोत्सव मनाएको छ ।

उक्त अवसरमा कम्पनीले वित्तीय साक्षरतार्‍याली तथा विभिन्न आठ वटा शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ। 

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्धेष्यले कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताएको छ ।

सोही अवसरमा स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रभातफेरीमा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

कम्पनीले केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

त्यसैगरि,कम्पनीले केन्द्रीय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गर्ने योजना रहेको भन्दै कम्पनीले महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला आगामी जेठ २२, २३ र २४ गते सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।

कम्पनीको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved