मुक्तिनाथ विकास बैंकद्वारा हरियाली अभियान अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 01:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank


मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ  ।

कम्पनीले इलाम  जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी- १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो ।

कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु¥याउने बताएको छ । 

कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति थियोे । 

कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न  एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको  एटीएम मेसिनबाट नि ः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved