विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली गर्ने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 02:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसर पारेर आगामी जेठ १९ गते शनिबार  “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्ने भएको छ  । 

कम्पनीले डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, वीवाईडी तथा अन्य संघसंस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको बताएको छ ।

सो साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले आगामी जेठ १६ गते सम्ममा यो लिंक https://www.shangrilabank.com/cyclerally/ मा नि : शुल्क दर्ता गरी आफ्नो सहभागित सुनिश्चितता गर्न सकिने पनि कम्पनीले बताएको छ ।

उक्त साइकल र्‍याली जेठ १९ गते बिहान ७ः०० बजेदेखि सानोगौचरन मैदानबाट शुरु हुने छ ।

कम्पनीका अनुसार उक्त  र्‍याली नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर, पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन राजदूताबास हुँदै सानोगौचरन मैदानमा पुगरे समापन हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved