कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 12:20:21 PM मा प्रकाशित

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित रुपन्देही सीटि डाइगोनोसिस सेन्टरसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत कम्पनीका ग्राहकहरुले अब उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा उक्त कम्पनीका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापछि बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved