एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष पनि लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2024 | 10:54:02 AM मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि लाभांश दिएको थिएन । 

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने प्रयोजनका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको  छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्ने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved