साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माविमा ब्याग वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2024 | 12:38:34 PM मा प्रकाशित

laxmi sunrise bank

साङ्ग्रिला डेभलपमेन्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूका लागि वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुका साथै १५० थान स्कुल ब्याग, ६५ वटा कापी तथा ६५ थान कलम वितरण गरेको  हो । 

सो अवसरमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यामिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति थियो ।  ब्याग वितरणबाट विद्यार्थीहरूलाई अध्ययनका लागि सहजता हुने कम्पनीले विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved