कामना सेवा विकास बैंकका ग्राहकलाई थाइरो ल्याब बुटवलमा आकर्षक छूट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2024 | 03:03:44 PM मा प्रकाशित

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित थाइरो ल्याबसँग सेवा शुल्कमा छूट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत कम्पनीका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कम्पनीका ग्राहकहरुले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा  उक्त सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने कम्पनीले बताएको छ । 

हाल कम्पनीले १३५ वटा सञ्जालहरु तथा ७७ वटा एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको पनि बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved