एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 07:35:12 AM मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले आगामी असार २९ गते वार्षिक साधारणसभा बोलाएको छ। गत असार ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ  वार्षिक साधारणसभा झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे बोलाएको हो ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि सो सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।  

यस्तै,सभाले अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । यसैगरी, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित विवरण र लेखापरीक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गर्ने छ ।  

कम्पनीले गत आवबाट शेयरधनीका लागि कुनै लाभांश प्रस्ताव भने गरेको छैन।साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved