कामना सेवा विकास बैंकको नाफा करिब ६७% ले वृद्धि, अन्य सूचक यस्ता छन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 09:07:03 AM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले बुधबार गत आर्थिक वर्ष २०८० /०८१ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीकोे खुद ब्याज आम्दानी २.७८ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन पनि ११.४२ प्रतिशतले वृद्धि भएको छ। उता सो अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले वृद्धि भएको छ। 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.३७ रुपैयाँ बढेर १८.३८ रुपैयाँ  पुगेको छ।  त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६४.४८रुपैयाँ छ।

यसैगरी, गत आवमा कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ देखिन्छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.२३ रुपैयाँ छ।

कम्पनीले असारमसान्तसम्ममा ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

कम्पनीको रिजर्भ कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved