टेस्ला, अडीसहितका लग्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकको कर्जा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2024 | 05:18:57 PM मा प्रकाशित

टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि कर्जा प्रदान गर्ने विषयमा महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालि बीच समझदारी भएको छ ।

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउने छन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा कम्पनीले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्ने छन् ।कम्पनीको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु छन् ।

नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता डिलरको रुपमा अरेत इन्टरनेशनल प्रालि रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved