ज्योति विकास बैंकका ग्राहकहरुलाई स्पा मा भारि छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2024 | 11:46:10 AM मा प्रकाशित

ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्पामा भारि छुटको सुविधा दिने भएको छ। बैकले ट्रानक्वालिटी स्पामा पुगेर स्पा लगायतका सेवा लिने आफ्ना ग्राहकलाई ३० प्रतिशतसम्मको छुट सुविधा दिने भएको हो। 

यस सम्बन्धमा बैंकले ट्रानक्वालिटी स्पासंग एक सम्झौता गरेको ।  सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले  ट्रानक्वालिटी स्पा का १७ वटै आउटलेटहरुका हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको छुट पाउनेछन। 

साथै, ट्रानक्वालिटी वेलनेस कार्ड धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशतसम्म छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन्। 

बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved