सांग्रिला डेभलपमेन्ट बैंक र भक्तपुरको नगरकोटस्थित होटल भ्यू प्वइन्ट बीच छूट दिने समझदारी भएको छ ।
सम्झौता अनुसार कम्पनीका ग्राहक, शेयरधनी र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरुमा छूट प्रदान गरिनेछ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलकातर्फबाट प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यू प्वइन्टको सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।