महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच सहकार्य, खेर गएका कागज पुन : प्रशोधन गर्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2024 | 04:34:28 PM मा प्रकाशित

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ ।  

पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनःप्रयोग तथा पुनःप्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्देश्यका साथ उक्त सहकार्य भएको कम्पनीले बताएको छ । 

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले  बैंकका विभिन्न शाखा कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनःप्रशोधनको लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिने छ । 

यसबाट कम्पनीले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास छ ।कम्पनीको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved