महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ ।
आइतबार विश्व साक्षरता दिवसको अवसर पारी कम्पनी र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौताअनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।
यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफापानी र सरपसफाईमा सबैको पहुँच’हासिल गर्न सहयोग पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने नीतिअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।
कम्पनीका १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु छन् ।