कामना सेवाको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 09:07:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १६ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले ३५ दिन अवधिको सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो ।

तर तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्तिले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो ।कम्पनीले प्रतिकित्ता शेयरमूल्यको बारेमा केहि खुलाएको छैन ।

शेयर खरिद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले लिन चाहेको शेयर संख्याको व्यहोरोरा उल्लेख गरि  निवेदन दिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved