ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडोल फिटनेस’ मा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 10:50:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 ज्योति विकास बैंक र काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर’बीच छूट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार फिटनेस सेन्टरका सेवामा कम्पनीका ग्राहकले १० प्रतिशत छूट पाउने बताइएको छ ।

हालै कम्पनीले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर’, काठमाडौंको ‘ट्रान्क्विलिटी स्पा’ र ‘टिस्टुङ रिसोर्ट’, ‘जस्मिन फिटनेस क्लब एण्ड स्पा’ सँग पनि छूटसम्बन्धी सम्झौता गरेको थियो ।

कम्पनीले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेको छ । यससँगै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गरी ग्राहकलाई छूट र सुविधा प्रदान गर्दै आएको छ ।

‘स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै कम्पनीले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताएको छ ।

कम्पनीले हाल १२१ शाखा, ३ विस्तारित काउण्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved