सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2024 | 07:54:01 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलले सरकारी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना ल्याएकोे छ ।  

देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने ? कसरी शेयर कारोबार गर्ने ?

भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई ध्यानमा  राखेर  सरकारी कर्मचारीहरुका लागि कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ सञ्चालनमा ल्याएको बताएको छ ।  

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास कम्पनीले लिएको छ ।  

यो योजनाअन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकमरु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सक्नेछन् । यसमा वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्न ‘सित्तैमा’योजना छ । कम्पनीले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ ।  

यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै कम्पनीमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्पmत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved