गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 09:15:46 AM मा प्रकाशित

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा अनिल रेग्मी नियुक्त भएका छन्।

गत सोमबार बसेको  सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीले विगत दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त गरेको हो ।

उनमा तत्कालिन जनता बैंक र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमासहित बैंकिङ क्षेत्रमा करिब १३ वर्षको कार्याअनुभव छ । उनले पेशाले लेखापरीक्षक पनि हुन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved