विकास बैंकहरुले महिना दिनमै कमाए ८५ करोड नाफा, शिर्षस्थानमा साइन रेसुङ्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 01:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

हाल १७ वटा विकास बैंकहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ती कम्पनीहरुले सो अवधिमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । केन्द्रीय बैंकका अनुसार ११ विकास बैंक नाफामा छन् भने छ वटा विकास बैंक घाटामा  छन् ।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेको शिर्ष स्थानमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंक छ । उक्त कम्पनीले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, दोस्रो शिर्षमा मुक्तिनाथ विकास बैंक छ । उक्त कम्पनीले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, सो अवधिमा महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । साथै, ज्योति विकास बैंकले ८ करोड ३७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले, ६ करोड ८१ लाख, र लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सिन्धु विकास बैंकले ३१ लाख, सलपा विकास बैंकले २९ र कर्पोरेट डेभलपमेन्टले १६ लाख नाफा आर्जन गरेका छन् ।सो अवभिमा सबैभन्दा धेरै घाटा बेहोर्नेको शिर्ष स्थानमा एक्सेल डेभलपमेन्ट बैंक छ । उक्त कम्पनीले सो अवधिमा ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved