मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान तथा नि:शुल्क दन्त परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 02:36:28 PM मा प्रकाशित

nepal oil ltd

मुक्तिनाथ फाउण्डेशनले तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२०७८ असोज १ गते दर्ता भएको उक्त संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ भने ४८ जनाले नि : शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कायक्रमलाई केन्द्रीय रक्त सञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाका लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । 

कम्पनी सचिव संगीता ढकाल आचार्यका अनुसार सो अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले  १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा अर्का सञ्चालक राम प्रसाद पोख्रेलले १५ हजार रुपैयाँ आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा संस्थालाई आर्थिक सहयोग गरेका छन् ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved