गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि “बम्पर दशैंतिहार अफर” ल्याएको छ ।
उक्त योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरोशेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । जसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कम्पनीमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।
यो अफर अन्तरगत खाता खोल्न कमलपोखरी, काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु तथा गरिमा क्यापिटलको वेबसाइट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिनेछ ।
यसबारे कम्पनीले सामाजिक सञ्जालहरु फेसबुक तथा इन्ष्टाग्राममार्फत जानकारी लिन पनि सकिने बताएको छ ।