ज्योति विकास बैंक र दराजबीच ११:११ अभियानको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 10:06:26 PM मा प्रकाशित

laxmi sunrise bank

ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते, २०८१) देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिंङ्ग तथा ब्रान्डिङ प्रमुख कुशल जंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved