महालक्ष्मीको बिजचित्र फोटोग्राफी सम्पन्न, साना मझौला व्यवसाय झल्कने फोटोलाई पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2025 | 08:19:08 AM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको  “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बैंकको काठमाडौं दरबारमार्गस्थित मुख्य कार्यालय विजेताहरुलाई पुरस्कार वितरण गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो।  

महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो। 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो स्थान र पब्लिक च्वाइस अवार्ड जित्न सफल फोटोग्राफरहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो। सुवास श्रेष्ठ प्रथम (२०,००० रुपैयाँ), शौरभ बज्राचार्य दोस्रो (१५,००० रुपैयाँ), र पारस राज बज्राचार्य तेस्रो (१०,००० रुपैयाँ) स्थानमा विजयी भएका छन्। पब्लिक च्वाइस अवार्डमा सबैभन्दा बढी भोट प्राप्त गर्दै घनश्याम श्रेष्ठले प्रमाणपत्र र ५,००० रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रममा उत्कृष्ट १५ फोटोग्राफरहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताका लागि फोटोग्राफरहरूले साना तथा मझौला व्यवसाय झल्कने फोटोहरू खिचेर पठाएका थिए। ३ सदस्यीय निर्णायक समितिले १५ उत्कृष्ट तस्बिरहरूको छनोट गरेको थियो।

महालक्ष्मी विकास बैंकले यस्ता कार्यक्रमहरूले स्थानीय व्यवसाय, उद्यमशीलता र स्थानीय कलाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्ग अनुभवलाई सहज बनाउन “महालक्ष्मी स्मार्ट साथी” एप्लिकेसन सञ्चालनमा ल्याएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved