महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली सहकार्य सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2025 | 04:46:19 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुलीसम्बन्धी परामर्श तथा सहजीकरणका लागि सम्झौता भएको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापछि बैंकले कर्जा असुलीसम्बन्धी कानुनी परामर्श, तालिम तथा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्ने सुविधा पाउने जनाएको छ। बैंकका अनुसार यो सहकार्यले कर्जा असुली प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ।

डोल्मा कन्सल्टेन्सी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य गर्दै आएको छ। अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरूको संलग्नतामा सञ्चालन हुँदै आएको यस संस्थासँगको सहकार्यले बैंकलाई खराब कर्जा असुली प्रणालीलाई सुदृढ बनाउने विश्वास लिइएको छ।

बैंकले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई सहज बनाउन यो सम्झौता महत्त्वपूर्ण हुने बताएको छ। विशेष गरी खराब कर्जा व्यवस्थापनका लागि यस कदमले बैंक र ऋणीहरूलाई दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved