लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2025 | 12:00:13 PM मा प्रकाशित

laxmi sunrise bank

लुम्बिनी विकास बैंक र होटल वृन्दावन प्रा.लि बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका बिरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावन प्रा.लि. का प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटल वृन्दावनमा ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित होटल वृन्दावन प्रा. लि. का सेवा सुविधाहरुमा लुम्बिनी विकास बैंकका ग्राहकहरूले खानाका परिकार तथा पेय पदार्थमा १० प्रतिशत र होटल कोठाहरूको शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन्।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशभर ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको छ। बैंकका विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालनमा रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved