महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षण नाराका साथ वाकाथन सम्पन्न गरेको छ। कार्यक्रम फागुन १५ र १६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं. १ र बुढानिलकण्ठ मन्दिर क्षेत्रमा आयोजना गरिएको थियो।बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले पर्यावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदा संरक्षण जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै वित्तीय क्षेत्रमा दिगोपनको आवश्यकतामाथि प्रकाश पार्यो।
वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढ्दै हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिए। यस कार्यक्रममार्फत बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनु पर्ने सन्देश प्रवाह गरिएको छ।
सहभागीहरूले हरित बैंकिङ र दिगो वित्तीय रणनीति अपनाउने आवश्यकता औंल्याए। महालक्ष्मी विकास बैंकले १०३ शाखा मार्फत ८ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।