सिन्धु विकास बैंकको दुई वर्षको साधारणसभा एकै पटक सम्पन्न, हकप्रद प्रस्ताव पनि स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 08:40:12 PM मा प्रकाशित

सिन्धु विकास बैंकले दुई वर्षपछिको वार्षिक साधारण सभा एकैपटक सम्पन्न गरेको छ। बैंकले १४औं तथा १५औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबल होटल एण्ड रिसोर्टमा आयोजना गरेको हो।

सभाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान विवरण, नगद प्रवाह तथा अन्य वित्तीय विवरणहरू पारित भएका छन्। गत वर्ष विविध कारणले सभा गर्न नसकेको बैंकले यसपटक दुई वर्षको प्रतिवेदन एकैपटक प्रस्तुत गरेको हो।

सभाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुर्‍याउने उद्देश्यले हाल कायम चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्र बैंक तथा अन्य नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र शेयर जारी गरिने स्पष्ट पारिएको छ।

त्यस्तै, सभा सम्पन्न भएलगत्तै मर्जर तथा प्राप्ति प्रक्रियाका लागि संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरिएको छ भने स्वतन्त्र संचालकका रूपमा भरत बहादुर कार्कीको नियुक्ति पनि अनुमोदन गरिएको छ।

सिन्धु विकास बैंकले हाल २६ शाखामार्फत सिन्धुपाल्चोक, काभ्रे, दोलखा, मकवानपुर र चितवनमा सेवा प्रदान गर्दै आएको क्षेत्रीय स्तरको विकास बैंक हो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved