महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा, कम ब्याजमा सहज सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2025 | 06:25:32 AM मा प्रकाशित

nepal oil ltd

महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुनकर्जा सेवा शुभारम्भ गरेको छ। शाखा कार्यालयमा आयोजित विशेष कार्यक्रममा सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख र शाखा प्रमुखको उपस्थितिमा यो सेवा सुरु गरिएको हो।

बैंकले ग्राहकहरूलाई थप सहज, छिटो छरितो र भरपर्दो सेवा दिने उद्देश्यका साथ सुन कर्जा सेवा प्रारम्भ गरेको जनाएको छ। भैरहवा शाखाबाट सुरु गरिएको उक्त सेवामार्फत ग्राहकहरूले न्यूनतम ब्याजदरमा छरितो प्रक्रिया र सहज सुविधासहित सुन कर्जा प्राप्त गर्न सक्ने छन्।

बैंकले सदैव ग्राहकको आवश्यकता अनुसार नयाँ वित्तीय सेवा ल्याउने प्रतिबद्धता जनाएको छ। सुनकर्जा सेवाले विशेषगरी आकस्मिक आर्थिक आवश्यकतामा रहेका ग्राहकलाई राहत दिने बैंकको विश्वास छ। सुरक्षित, भरपर्दो र प्रभावकारी वित्तीय सेवाको विकल्पको रुपमा सुन कर्जा सेवा सञ्चालनमा ल्याइएको हो।

उक्त सेवाको सुरुवातसँगै बैंकले भैरहवा क्षेत्रमा रहेको प्रतिस्पर्धी बैंकिङ वातावरणमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, ग्राहककेन्द्रित सेवा विस्तारमा बैंकको रणनीति स्पष्ट भएको देखिन्छ।

हालै बैंकले “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन पनि परिष्कृत गर्दै सञ्चालनमा ल्याएको छ। यस डिजिटल बैंकिङ्ग सेवामार्फत ग्राहकहरूले मोबाइलमार्फत सहज रूपमा कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ। बैंकले भविष्यमा पनि नवीनतम प्रविधिमार्फत सेवा विस्तार गर्दै जाने जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved