सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 10:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १५.४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो 

बैठकले हाल कायम चुक्ता पुंजीको १५.४८४३३ प्रतिशतले हुन् आउने १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै बेहोर्नु पर्ने भएको छ ।

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ८६ करोड ५९ लाख रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved