सामुदायिक लघुवित्तको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 11:07:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तको लाभांश परिमार्जन भएको छ । कम्पनीको कार्तिक ८ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश परिमार्जन गरेको हो 

कम्पनीले यस अघि ३४.४५ प्रतिशत बोनस शेयर र करो प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर अब कम्पनीले लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश गरि कुल ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले चुक्ता पुंजीको २:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved