चिलिमेको लाभांश घोषणा, साधारणसभाको मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 12:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले मंगसिर ११ गते साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र उक्त लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता ४ अर्ब ७५ करोड ८१ लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved