नयाँ नेपाल लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 10:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्त Naya Nepal Laghubitta Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई  आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले २० प्रतिशतले हुन् आउने १ करोड ६८ लाख बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन् आउने ८ लाख ८४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ४० लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved