प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 10:11:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक २५ गते अन्तिम दिन रहेको छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि लागि कार्तिक २६ गते देखि बुक क्लोज गर्ने भएको छ । कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले मङ्सिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । बैंकको साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ७ वटा विशेष प्रस्ताव पेश हुने छन् ।

सभामा लाभांश सहितका कुल १२ प्रस्ताव पेश हुने भएको हो ।  बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताब गरेको हो। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा यो लाभांश वितरण हुने छ।

त्यस्तै साधारणसभामा संस्था र साधारण शेयर स्वामित्व परिवर्तन गरेर ५१:४९कायम् गर्ने, संचालकको संख्या संशोधन गर्ने, ब्रोकर समबन्धि सेवा दिन सहायक कम्पनी स्थापना गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने प्रर्किया सुरु गर्न संचालक समितिलाई अख्तियारी दिने, वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

 हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved