एनएमबि बैंकको लाभांश घोषणा, ४ अर्ब बढी वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 10:43:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५२ करोड रहेको छ । एनएमबिले हालै मात्र ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved