आईसीएफसी फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 11:03:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीएफसी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको कात्तिक २७ गते बसेको २५४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १३ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जनाइएको छ। 

संचालक समितिले ५ प्रतिशत नगद र कर प्रयोजन सहित गरि ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

फाइनान्सले हाल कायम चुक्तापुंजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँबाट १३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो। लाभांस वितरणपश्चात फाइनान्सको चुक्तापुंजी ९२ करोड ६३ लाख नाघ्नेछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved