छिमेक लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 19, 2019 | 03:54:46 PM मा प्रकाशित

sarbottam cement

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited को लाभांश स्वीकृत भएको छ। राष्ट्र बैंकले मङ्सिर ३ गते कम्पनीको लाभांश स्वीकृत गरेको हो। 

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ४४.३३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुंजीको २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अब लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त प्रस्ताव लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved