नेपाल टेलिकमको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 10:39:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जस अनुसार कम्पनीले ४५ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल सरकारले स्वीकृतिदिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले पुस २९ गते मंगलबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो । सभामा टेलिकमले नयाँ कम्पनी खोल्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । टेलिकमले सेवा मुलक कम्पनी खोल्ने प्रस्ताव गरेको हो । आफुसंग मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पुँजीमा लगानी गर्ने, साथै विद्युत र उर्जा उत्पादन, प्रसारण वा बितरण गर्ने, र इन्फ्रास्ट्रकचर शेयारिंग समेत गर्ने प्रयोजनको लागि सेवा मुलक कम्पनी खोल्ने र त्यस्ता कम्पनीमा ऋण लगानी गर्ने  प्रस्ताव गरेको हो । 

कम्पनीले सभा प्रयोजनको लागि पुस १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।  पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved