सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 10:40:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स Central Finance Limited ले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र फाइनान्सको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयर धनीहरुमा लाभांश वितरण हुनेछ । हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved