साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।