नेको इन्स्योरेन्स Neco Insurance Company Limited को लाभांश संशोधन भएको छ । कम्पनीले यस अघि आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा अब त्यसलाई घटाएर ८.१६ प्रतिशत मात्र बितरण गर्ने प्रस्ताव गरेको छ।
यस संगै कम्पनीले साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले बैशाख १ गते साधारणसभा आह्वान गरेको हो । साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाबहंश पाउन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३१ करोड ७४ लाख रहेको छ ।