ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर शेयरधनीको खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 12:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय Global IME Laghubitta Bittiya Sanstha Limited ले १७ दशमलव ५० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

कम्पनीले विसं २०७६ मंसिर ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ दशमलव ५० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

२०७५ कात्तिक २५ गतेसम्म अभौतिकीकरणका लागि प्राप्त भएका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही  खाता (डिम्याट खाता) मा जम्मा गरेको जनाएको छ  । 

साथै, उक्त मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न बैंकले आग्रह समेत गरेको छ । 

आर्थिक वर्ष  २०७२र ७३ को नगद लाभांश प्राप्त नगरेका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved