गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company को लाभांश संशोधन भएको छ ।
कम्पनीले यस अघि आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशत बोनस शेयर बितरण गर्ने बोनसमा लाग्ने कर शेयरधनीले बेहोर्ने पर्ने गरी प्रस्ताव गरेकोमा बीमा समितिको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरी अब १०.५० प्रतिशत बोनस दिने र कर प्रयोजनको लागि ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
।