सानिमा बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 02:15:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको उक्त सभाले संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश पारित गरेको छ। 

सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसारको लाभांश पारित गरेको हो। 

गत आर्थिक बर्ष १ अर्ब ७८ करोड खुद मुनाफा आर्जन गरेको बैंकको कुल कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६  को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ । बैंकको  सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

बैंकको वित्तिय परिसूचक (असार मसान्त २०७७)

 lgl:qmo shf{

 )=$% %

 k'FhLsf]if

 !#=)) %

 t/ntf

 @$=)! %

 shf{ lgIf]k cg'kft -dfl;s cf};t_

 &$=&@ %

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved