१० करोड नाफा गर्दा पनि युनाइटेड फाइनान्सले किन दिएन लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 09:01:21 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड फाइनान्स United Finance Limited  ले प्रतिस्पर्धीहरुको तुलनामा राम्रै अंकको मुनाफा आर्जन गरेपनि लाभांश वितरण नगर्दा सेयरधनिहरुले कम्पनीमाथि आशंका गरेका छन्। ८ करोड ५२ लाख वितरणयोग्य मुनाफा आर्जन गरेपनि लाभांश वितरण नगर्दा युनाइटेड फाइनान्सको प्रगतिमाथि सेयरधनीहरुले आशंका गरेका हुन्। 

विश्वभर कोरोनाको महामारी देखिएको बेला कम्पनीले आफ्नो अवस्था झनै मजबुत बनाएर अगाडी बढ्नुपर्छ भन्ने मान्यताले गर्दा राम्रै मुनाफा भएपनि लाभांश वितरण नगरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बिजपाटीलाई बताए। 

'विषम परिस्थितिमा कम्पनीको वित्तीय अवस्था र क्षमता झनै मजबुत बनाएर अगाडी बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ, नाफा नै नभएर लाभांश वितरण नगरिएको होइन' उनले भने। 

युनाइटेड फाइनान्सले गत आर्थिक बर्ष ११ करोड २० लाख कुल मुनाफा तथा १० करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो। चालू आर्थिक बर्षको पहिलो त्रैमासमा पनि युनाइटेड फाइनान्सले १ करोड १४ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा ७७ लाख रुपैयाँले बढी हो।

युनाइटेड फाइनान्सको मङ्सिर २४ गतेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। उसको वितरणयोग्य मुनाफालाई आधार मान्दा ८ प्रतिशत लाभांश क्षमता थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved