
 2mb (1).gif)
एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पब्लिकमा गईसकेपछि र नेप्सेमा सुचिकृत भएपछि पहिलो पटक पहिलो लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले आर्थिक बर्ष २०७६र०७७ को लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २।८५ प्रतिशत बोनस र कर बापत ०।१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्तावलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड रुपैयाँ छ। बोनश वितरण पश्चात चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ। कम्पनीले गत साउनमा ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गरेको थियो।
आइपीओ बिक्रि तथा वितरण पश्चात एनआरएनले अगष्ट १६,२०२० मा पहिलो पटक नेप्सेमा आफ्नो कारोबार गरेको थियो।