आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 11:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १ सय ४८ रुपैयाँ बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी मर्जरमा गएको र बोनसमा कर नलाग्ने भएकोले कम्पनीले नगद लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved