रिलायन्स फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 10:25:53 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स Reliance Finance  लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६  सय ६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved